वृद्धा बलात्कार गर्ने वृद्ध फरार



बुटवल : एक ५० वर्षीया महिलालाई बलात्कार गरेका ५० वर्षीय वृद्ध फरार रहेका छन् । वृद्धा बलात्कारको आरोप लागेका रामनाथ मल्लाहविरूद्ध पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका इलाका प्रहरी कार्यालय, बुटवलमा पुस २२ गते उजुरी दर्ता गराएको छ ।

सुस्त श्रवण शक्ति भएकी महिलालाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितका छोराले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको डीएसपी भीमलाल भट्टराईले बताए ।

पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्