स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ


कैलाली : सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ ।

सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टे«शन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार ३०० राजश्व सङ्कलन गरेको उनले बताए ।

कार्यालयले गत आव २०७५-०७६ मा विभिन्न राजश्व शीर्षकबाट रु ३९ करोड ९० लाख ६१ हजार ५०५ राजश्व सङ्कलन गरेको थियो ।

स्मार्ट लाइसेन्स आउनमा ढिलाइ

कार्यालयले २० हजार ६७९ स्मार्ट लाइसेन्स विभागबाट छपाई भई आउन बाँकी रहेको जनाएको छ । बोलपत्र प्रक्रियामा हुने ढिलाइ, एकै ठाउँमा छपाई गर्ने व्यवस्था, सफ्टवेयरमा देखिने विभिन्न समस्याले विभागबाट स्मार्ट लाइसेन्स छपाई भएर आउन ढिलाइ हुने गरेको प्रमुख शाहीले बताए ।

आव २०७४-०७५ को साउन महिनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयमा हालसम्म ४१ हजार ६७९ जनाले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएका जनाइएको छ । ती मध्ये २१ हजार लाइसेन्स कार्यालयमा प्राप्त भई १६ हजार ५०० वितरण गरिसकेको र चार हजार ५०० लाइसेन्स वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान