अत्तरीयामा राष्ट्रिय पत्रिका जलाएको आरोपमा चार जना पक्राउ



धनगढी: कैलालीको अत्तरीयामा गत बुधवार राष्ट्रिय पत्रिका जलाएको आरोपमा प्रहरीले शुक्रबार चार जनालाई पक्राउ गरेको छ ।  अत्तरीयाका मुन्ना विक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द नाथलाई जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढीबाट पक्राउ गरेको हो ।

 

 उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जाहेरी प्राप्त गरेपछि समाजिक कसुर अन्तर्गत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरी वलीले बताए ।

 

 विषेश अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता वलीले बताए । गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै गत बुधबार अत्तरीयामा कान्तिपुर, काठमाडौ पोष्ट, अन्नपुर्ण पोष्ट र नागरीक दैनिक जलाइएको थियो । 

पत्रिका जलाइएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक विरोध भएको थियो । घटना लगत्तै प्रहरीले संलग्नहरुको खोज तलास सुरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्