‘ए’ डिभिजन लिग फुटबल : मनाङलाई पछि पार्दै आर्मी शीर्ष स्थानमा



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले जित हात पारेको हो। आर्मीको जितमा खेलको ३० औं मिनेटमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । यस्तै ५ खेलमा ११ अंक जोड्दै मनाङ दोश्रो स्थानमा रहेको छ । लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र थ्रीस्टार चौथो स्थानमा छ। सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्