यसरी कड्किए आफैँले बोलाएको ‘लन्च’ मिटिङ्गमा सभापति देउवा



काठमाडौं : आफ्नै विरुद्ध नेपाली कांग्रेसको कार्यालय सानेपामा तीन दिनसम्म भेला गरेको देउवा–सिटौला पक्ष ४२ जिल्लाका जिल्ला सभापतिहरुलाई बोलाएर ‘लन्च’मिटिङ्ग गरेका पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई चेतावनी समेत दिएका छन् ।

भेलाको निष्कर्ष सुनाउँदै पार्टी सभापतिहरुले पार्टीलाई एक ठिक्का बनाएर लैजान र बहुमतका नाममा बुल्डोजर नचलाउन आग्रह गर्दा पार्टी उपसभापतिद्वय विमलेन्द्र निधी र विजय गच्छदार तथा महामन्त्री पूर्णबहादुर खड्कालाई दायाँबायाँ राखेर सभापति देउवाले असन्तुष्ट जिल्ला पार्टी सभापतिहरुलाई महाधिवेशन मिति बाहेकका विषयमा सहमति गरेरअघि बढ्न सकिने बताए ।

सभापति देउवाले उपस्थित जिल्ला पार्टी सभापतिहरुसँग चुनाव हारेकाहरुको भेला बोलाउन नसकिने चेतावनी दिँदै त्यस्तो बेला बोलाए के हुन्छ भनेर प्रतिप्रश्न समेत गरेका थिए ।

नेपाली कांग्रेसका परामर्श बैठकमा उपस्थित जिल्ला सभापतिहरूलाई सभापति शेरबहादुर देउवाले भेटका छन् । भेलामा सहभागी हुन आएका ४२ जिल्लाका जिल्ला सभापतिहरूलाई सभापति देउवाले ‘लन्च’को अफर गरेपछि बैठकको सुझावहरूसहित उनीहरू देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

उनीहरुले पार्टी सभापति देउवालाई पाँच बुँदे सुझाव पत्र पनि पेश गरेका छन् । बुढानिलकण्ठमा भएको ‘लन्च’ मिटिङ्गमा असन्तुष्ट जिल्ला सभापतिहरुलाई निधीले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको वार्ताका विषयमा जानकारी गराएका थिए भने महामन्त्री खड्काले विधान संशोधनका विषयमा जानकारी गराएका थिए ।

बैठकमा उपभापति गच्छदारले पार्टी सभापतिहरुले दिएका सकारात्मक सुझावलाई कार्यान्वयन गर्ने प्रतिवधता जनाएका थिए ।

उक्त वार्तामा उनीहरूले सहमतिमा पार्टीलाई अगाडि बढाउने सुझाव दिँदै बैठकको निष्कर्षहरू पनि हस्तान्तरण गरेका छन् । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरू र केन्द्रीय सदस्य उपस्थित भेलाले पार्टीको विधान र विगतको परम्पराअनुसार अगाडि बढ्न र क्रियाशील सदस्यता छानविन समिति गठन गर्न पनि नेतृत्वसँग माग गरेको छ । जिल्ला सभापतिहरूले भने ११ गतेको बैठकअघि रोकिएको वार्ता सुचारु गर्न देउवा र पौडेल–सिटौला दुबै पक्षलाई आग्रह गरेका छन् ।

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्य उपस्थित बैठकले ०७७ फागुनमा महाधिवेशन गर्नेलगायत निर्णय गरेपछि पौडेल र सिटौला पक्षका केन्द्रीय सदस्यहरू र जिल्ला सभापति रूष्ट थिए ।

गत ११ गतेको केन्द्रिय समितिको बैठको निर्णय सच्याउन माग गर्दै संस्थापन इतर समूह जिल्ला सभापतिहरूको भेला गराएको थियो । जिल्ला सभापतिहरूको उपस्थिति र समर्थन पाएको भन्दै संस्थापन इतर पक्ष उत्साहित भएको छ ।

संस्थापन इतर समूहका नेताहरूले सबै जिल्लाका सभापतिलाई परामर्श बैठक भनी बोलाउँदा ५० जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो ।

पुस ११ गते संस्थापन इतर पक्षको बहिष्कारका बाबजुद कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गरेको भन्दै संस्थापन इतर पक्षले भेलाको आयोजना गरेको हो । त्यस्तै पार्टीको विभागको संख्या बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो । बहुमतका आधारमा भएको निर्णयले १४ औं महाधिवेशनलाई धरापमा पार्ने दाबी संस्थापक इतर पक्षको रहँदै आएको छ ।

त्यसैगरी ११ गतेको निर्णयले महाधिवेशनको निश्पक्षतामा नै नेता सिटौलाले गम्भीर आशंका व्यक्त गरेका थिए । दुबै नेताले आफूहरुसँग सम्वाद गरेर ११ गतेको निर्णय उच्याउन ढिला गर्न नहुने बताएका छन् ।

सभापति शेरबहादुर देउवाले त निर्णय सच्याउन तयार रहेको वा नरहेको भन्ने अझै स्पष्ट छैन तर जिल्ला सभापतिहरूको भेलाले देउवाले सहमतिको मुड बनाएको संकेत भने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्