आँप बगैंचामा शव भेटियो, घटना शंकास्पद : प्रहरी



विराटनगर : विराटनगर ११ स्थित पाञ्चालीमा मंगलबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार पाञ्चालीस्थित आँप बगैंचामा करिब ६० वर्षीय हरि राम मृत अवस्थामा फेला परेका हुन् । विराटनगरको बखरीमा बस्दै आएका हरिको शव बगैंचामा झुन्डिएको अवस्थामा भेटिएको र घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी नरेन्द्र कार्कीले बताए । 

डिएसपी कार्कीका अनुसार मृतक हरि विराटनगरमा बुहारी र नातिसँग बस्दै आएका थिए । शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको छ । 

सुनसरीको झुम्काका हरि केही समयदेखि विराटनगरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान स्थानीय बासिन्दाले झुन्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतकका दुई छोरा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्