बिग्रिएको उपकरण फेरिएपछि त्रिभुवन विमानस्थल सुचारु



काठमाडौं : सञ्चार उपकरण बिग्रिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा आएको छ ।

विमानस्थलको भिसिसिएस भन्ने उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि दुई घण्टासम्म उडान प्रभावित भएको थियो ।

बिग्रिएको उपकरण परिवर्तन गरेर उडान सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ । 

एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भिसिसिएस बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्