यसरी नेपाल प्रहरीको सहयोगमा पक्राउ परे आइएसआइएसका तीन आतंकवादी



काठमाडौं : नेपाल प्रहरीको सहयोगमा दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई दिल्लीको बजीराबाद इलाकाबाट पक्राउ गरेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंकवादीलाई इन्काउन्टर गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।

तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी दिल्ली आउँदैछन् भन्ने नेपाल प्रहरीको सूचनाको आधारमा आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाएको विशेष स्रोतले जनाएको छ ।

प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो ।

यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंकवादी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए । २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए । उनीहरु नेपालमा १५/२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्