मानव तस्करीमा आरोपित राजदूत लक्की शेर्पाको राजीनामा



काठमाडौं : मानव तस्करीमा आरोपित राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष राजीनामा दिएकी हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको सूचना बाहिरिएसँगै उनले मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयमा भेटेरै राजीनामा दिएको स्रोतले बताएको छ ।

शेर्पामाथि उनकै चालकले मानव तस्करीको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्