वैदेशिक रोजगार विभागबाट सात ‘बिचौलिया’ पक्राउ



काठमाडौं : प्रहरीले सोल्टीमोडस्थित वैदेशिक रोजगार विभागबाट सातजना ‘बिचौलिया’ लाई पक्राउ गरेको छ । सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो । 

 

काठमाडौं प्रहरी परिसरको टोली दिउँसो विभागमा पुगेको थियो । टोलीले पुजन राई, गणेश तामाङ, विकल शाही, भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने र राजेश तामाङलाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए । 

प्रतिक्रिया दिनुहोस्