घाँटीमा गुट्खा अड्किएर ज्यान गयो



विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका ३ गछियामा गुट्खा खाँदा घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ । 

३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार गुट्खा खाँदै गर्दा घाँटीमा अड्एिको थियो । घाँटीमा गुट्खा अड्किएर सास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 

उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस्