श्रीलंकाविरुद्ध उत्रेको न्युजिल्याण्ड १ सय ४५ रनले विजयी



एजेन्सी : हेनरी निकोलस र रोस टेलरको शतकीय इनिङमा घरेलु टोली न्युजिल्याण्ड श्रीलंकाविरुद्ध १ सय ४५ रनले विजयी भएको छ । स्याक्सटन ओभलमा ३ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.४ ओभरमा २ सय ४९ रनमा अलआउट भएपछि न्युजिल्याण्डले अन्तिम दिन फराकिलो रनले जित निकालेको हो । जितपछि न्युजिल्याण्डले तीन एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ । श्रीलंकाका लागि थिसरा परेराले सर्वाधिक ८० रन बनाएका थिए । 

 

निरोसन डिक्वेलाले ४६ रन बनाउँदा कुशल परेराले ४३ तथा डि सिल्भाले ३६ रनको योगदान दिएका थिए । श्रीलंकालाई सस्तैमा समेट्न न्युजिल्याण्डका लोकिइ  फगुर्सनले ४ विकेट लिँदा इस सोधीले ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेयलरले सर्वाधिक १ सय ३७ रन बनाएका थिए । 

 

लाथिस मालिंगाको बलमा क्याचआउट हुनअघि उनले ९ चौका र ४ छक्काको मद्दतमा १ सय ३७ रन बनाएका थिए । हेनरी निकोलसले अविजित १ सय २४ रन बनाउँदा कप्तान केन विलिम्सनले ५५ रन बनाएका थिए । ओपनर मार्टिन गुप्टेल २ रनमा पभेलियन फर्किंदा कोलिन मुन्रोले २१ रन बनाएका थिए । श्रीलंकाका लासिथा मालिंगाले ३ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्