सेयर बजारमा सामान्य गिरावट



काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १ सय ७७ दशमलव शून्य सात विन्दुमा झरेको छ । 

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २ सय ४९ दशमलव ८४ विन्दुमा झरेको छ । मंगलबार कुल १ सय ६० कम्पनीका ११ लाख नौ हजार २० कित्ता सेयर ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका १० उपसमूहमध्ये चार उपसमूहको सूचक हरियो छ भने छ उपसमूहको सूचक रातो छ । 

 

स्टकका अनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई र लघुवित्त समूह पाँच दशमलव ४२ विन्दुले बढेका छन् । यस्तै बैंकिङ शून्य दशमलव शून्य नौ, होटल ११ दशमलव ९६, जलविद्युत् दुई दशमलव एक, वित्त शून्य दशमलव ८३, निर्जीवन बीमा ३८ दशमलव १३ र जीवन बीमा ११ दशमलव ९२ विन्दुले घटेका छन् । 

 

मंगलबारको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी, ङादी पावर कम्पनी र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले कमाएका छन् ।

 

यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र सिद्धार्थ इन्स्यारेन्सका शेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्