हलेसी व्यवस्थापन समिति कार्यालयको ताला खुलेन



खोटाङ : नेपाल भ्रमण वर्ष सन् २०२० मनाइरहँदा त्रिधार्मिकस्थल हलेसीस्थित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा डेढ वर्षअघि लागेको ताला अझै खुलेको छैन । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा विसं २०७५ भदौ २६ गते ताला लगाइएको थियो ।

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा ताला लाग्दा हलेसीको महत्वपूर्ण कामकाज गर्न र हलेसीको आय–व्ययलाई पारदर्शी राख्न असहज भएको वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। “कार्यालयमा ताला लागेपछि दैनिक पूजाआजालगायतका कामकाज तथा कर्मचारीलाई तलब खुवाउने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन”, उनले भने, “हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र मानिने त्रिधार्मिकस्थल हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला खुलाउन कसैको ध्यान जान सकेन ।”

नेपाली काँग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिश गरेको र सो व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि विवाद चुलिएको स्थानीयवासीले बताएका छन् । दुई पार्टीबीच विवाद बढ्दै गएपछि नगरपालिकाले सिफारिश गरेको समितिका हर्कराज राईलगायतले समितिको कार्यालयमा ताला लगाएका हुन् ।

हर्कराजलगायतका पाँच जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिका तर्फबाट २०७५ भदौ २४ गते कार्यभार सम्हालेको थियो । काँग्रेस निकट पदाधिकारीले पदभार ग्रहण गरेको दोस्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि काँग्रेस समर्थक समूहबाट ताला लगाइएको हो ।

सम्भावित तोडफोड नियन्त्रणका लागि प्रशासनले हलेसीमा महिनौँ दिनसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको थियो । विसं २०७५ जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराजको अध्यक्षतामा गठन गरेर सिफारिश गरेको हलेसी मन्दिर व्यवस्थापन समितिलाई गुठी संस्थानले प्रशासनको रायमा हेरफेर गरेर २०७५ असार २५ गते स्वीकृत गरेको थियो ।

पुरानो समितिको पदावधि सकिएको अवस्थामा अर्को समिति गठनका लागि गुठी संस्थान, प्रशासन र मालपोत कार्यालयले गरेको पत्राचारका आधारमा नगरपालिकाले समिति गठन गरेर सिफारिश गरेको नगरप्रमुख इवन राईले बताएका छन । नेकपाका स्थानीय नेताहरुले भने वडाबाट दलीय सहमतिमा गठन गर्नुपर्ने मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाले एकलौटी ढङ्गले सिफारिश गरेकाले समस्या आएको बताउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई