भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ


रामपुर : प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न पाइन्छ । जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका, माथागढी, रैनादेवी, छहरालगायतमा साना र एउटा दुई घर देखिए पनि निस्दी गाउँपालिकामा केही बढी छन् । निस्दी – ४ मित्यालको खाँदरमा केही कुँडुले घर रहेकाले बस्ती नै सुन्दर देखिन्छ ।

निस्दी –४ कै रुप्सेभञ्ज्याङमा रहेको हावाबाट बिजुली तथा निस्दीकै अम्रिसो बगान काउलेडाँडा हेर्न पुगेका पर्यटक घुमाउने घर अर्थात् कुँडुले घर हेर्न खाँदरसमेत पुग्ने गरेको स्थानीयवासी सन्तवीर सुनारीले बताए ।

बाक्लो मगर बस्ती रहेको त्यस क्षेत्रमा मगरहरुको संस्कृतिसँग जोडिने कुँडुले घर धेरै जनाको परिवारलाई बस्न समस्या भए पनि हावा, पानी तथा चर्को घामबाट जोगिन सहज हुने सुनारीको भनाइ छ । पछिल्लो समय बनेका सिमेन्ट र जस्ताका घरभन्दा कुँडुले घर गर्मीमा चिसो र जाडोमा तातो तथा न्यानो हुने हुँदा साह्रै आनन्द हुने सुनारी बताउछन ।

प्रायः लेकभेगमा रहेका कुँडुले घर पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेकाले यसको संरक्षण गर्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् । आवश्यकतानुसार कोठा कम भएकाले बसाइमा समस्या भए पनि चिसो तथा गर्मीमा भने कुँडुले घर सुरक्षित मानिन्छ । घुमाउरो तरिकाबाट निर्माण, एउटा ढोका, खरको छानो र झ्यालका नाममा एउटा प्वाल मात्रै हुने घर हेर्दा आकर्षक देखिन्छन् । पछिल्लो समय धेरैले सुविधासम्पन्न ढलान गरिएका तथा जस्तापाताले छाएका र टायल लगाएका घर निर्माण गर्दा यस्ता घर लोपोन्मुख अवस्थामा छन् ।

कोठा धेरै नहुने र सुत्न तथा पाहुना राख्न केही समस्या भएका कारण लेकभेगमै बसोबास गर्ने नागरिकहरुले सुविधासम्पन्न हुने अन्य खालका घर निर्माण गर्ने गरेका छन् ।

डाँडाको टाकुरामा कुँडुले घरबाट दक्षिण तराईका फाँट तथा उत्तरमा सुन्दर हिमशृङ्खला लोभलाग्दो देखिन्छ । सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वी पहाडी क्षेत्र बाक्लो मगर बस्ती रहेको खाँदरमा रहेका कुँडुले घरको संरक्षणमा अब आफू लाग्ने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । पुस मसान्तभित्र गाउँपालिकाभरि रहेका कुँडुले घरको तथ्याङ्क सङ्कलन गर्ने, कुँडुले घर मात्र भएका यस क्षेत्रका नागरिकलाई जग्गाको विकल्प दिने र विशेष खालको योजना बनाएर कुँडुले घर संरक्षण अभियान ल्याइने अध्यक्ष सारुको भनाइ छ ।

मित्यालसँगै निस्दी गाउँपालिकाका डाँडाभेगबाट तराई तथा नेपाल भारत सीमाक्षेत्रसम्म देखिन्छ । यहाँका वनमारा फाँडेर लगाइएका केराखेती, सूर्यमुखी फूलखेती, अम्रिसोलगायत स्थानीय उत्पादन बोडी, सिमी र अदुवाको प्रवद्र्धनका लागि पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनु आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष सारुको जोड छ ।

गर्मीको समय शीतलताका लागि समेत पुग्न सकिने सुन्दर निस्दीमा हावाबाट बिजुली तथा सौर्यप्रणाली पनि छ । यहाँको काउले वन हेर्नका लागि आउने पर्यटकलाई केही दिनसम्म यस क्षेत्रमा टिकाइराख्न स्थानीय खानपान, रहनसहनको पहिचान दिँदै कुँडुलेघरको संरक्षण अत्यावश्यक रहेको उनले बताए । कुँडुलेघरको संरक्षण गर्न सके बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने स्थानीय नागरिकको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान