मुख्यमन्त्री सवार गाडीको ढोकाले लाग्दा एक जना घाइते 



कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सवार गाडीको ढोकाले लाग्दा एक जना घाइते भएका छन् । धनगढीको एलएनचोकमा रहेको साथी होटेल नजिक बाटोमा रोकेर पछाडी नहेरेरै ढोका खोल्दा त्यसमा लागेर अछामको ढकारी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत २६ वर्षीय विक्रम बोहोरा घाइते भएका हुन् । 

 

पछाडी नहेरेरै ढोका खोल्दा से७प २३२ नम्बरको मोटरसाईकलमा सवार बोहरा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्रीको गाडी फर्काउने क्रममा पिएसओले नहेरेरै ढोका खोल्दा उनी घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्