माघी खिचडी महोत्सव



रुपन्देही : रुपन्देहीको सैनामैनामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि यहाँस्थित सालझण्डीमा शुरु भएको छ ।

थारु वेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले आयोजना गरेको महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्बद्धन गर्न नयाँ पिढी अग्रसर हुनु प्रशंसनीय भएको बताए ।

उनले थारु वेषभूषाको संरक्षणका लागि नगरपालिका सहकार्य गर्न तयार भएको जानकारी दिँदै नगरपालिकाको समृद्धीमा थारु समुदायको भूमिका रहने बताए ।

विभिन्न थारु खानपान, वेषभूषामा सजिएका युवा तथा युवतीले आफ्नै संस्कृतिमा झर्रा, झुमडा, लोपोन्मुख बडका नाचलगायतका संस्कृति झल्कने कार्यक्रम प्रर्दशन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा थारु कल्याकारी सभाका पार्षद् खुशीराम चौधरी, रामवली चौधरीलगायतले थारु समुदायको अधिकारको प्रयोग वढ्दै जान थालेको बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्