प्रजातन्त्रका सेनानी तारानाथ कोइरालाको निधन



लमजुङ : प्रजातन्त्रका सेनानी तारानाथ कोइरालाको निधन भएको छ । पोखारास्थित मणिपाल अस्पतालमा मंगलबार बिहान उनको निधन भएको हो ।

पेटसम्बन्धी रोगले थलिएका ७६ वर्षीय कोइराला  पाँचदिन देखि अस्पतालमा उपचाररत थिए । 

कोइराला नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति हुन् । २०३६ साल असोज ८ गते स्याङ्जामा जनमत संग्रहको बेला भएको आमसभाबाट फर्कदा पुलिस र मण्डलेले बीपीलाई हानेको गोली उनले थापेका थिए । गोली लागेर उनको एउटा खुट्टा नै गुमेको थियो । 

लमजुङ कांग्रेसले संस्थापक सभापति कोइरालाई त्यसयता पार्टीमा कुनै जिम्मेवारी दिएन । पार्टी र राज्यबाट कुनै सहयोग नपाएपछि उनी गाउँघरमै सामान्य जीवन बिताउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्