नेपाल–भारत तेक्वान्दो च्याम्पियनः मंगलबारको खेलमा नेपाललाई तीन स्वर्ण



वीरगन्ज : वीरगन्जमा जारी प्रथम नेपाल—भारत तेक्वान्दो च्याम्पियन प्रतियोगिताअन्तर्गत आज सम्पन्न चार खेलमध्ये तीन वटामा नेपालले स्वर्ण जितेको छ । एउटा स्वर्ण भने भारतले हात पारेको छ ।

महिला तर्फको ४६ किलो तौलअन्तर्गतको खेलमा पर्साकी नाजिया हसन सिद्धिकीले स्वर्णपदक जितेकी हुन । उनले प्रदेश ४ की अन्जना परिवारलाई पराजित गरिन् ।

त्यस्तै प्रदेश ३ का किरण घिसिङले स्वर्णपदक जितेका छन् । पुरुष तर्फको ८० किलो तौल समूहको खेलमा उनले भारत दार्जिलिङ (बी) समूहका तासि तमाङ्गलाई हराउदैस्वर्णपदक जितेका हुन् । त्यसै गरी ६८ देखि ७४ किलो तौलमा एफिएफका नीरज देउवाले प्रदेश ३ का दिपेन्न गुरुङलाई पराजित गर्दै स्वर्णपदक जिते ।

भारत विहारका विपुल कुमारले आजको खेलमा एक स्वर्ण जिते । ५८ किलो तौल समूहको अन्तिम खेलमा विपुलले प्रदेश ५ का गोविन्द बहादुरलाई हराउँदै स्वर्ण जितेका हुन । 

पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेका प्रथम नेपाल—भारत तेक्वान्दो च्याम्पियन प्रतियोगिता पुस २६ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ७ प्रदेश, नेपाली सेना, एपीएफ, पुलिस, भारतका ८ र आयोजक गरी १९ टिमका करिब ३ सय खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्