यौनधन्दामा संलग्न बलिउड अभिनेत्री पाँचतारे होटलबाट यसरी परिन पक्राउ



एजेन्सी : बलिउडमा बेला बेलामा यौनकै विषयलाई लिएर चर्चा हुने गरेको छ । केही समयअघि पनि अभिनेत्री यौनधन्दामा संलग्न भएको खुलासा भएको थियो । अहिले फेरी यस्तै समाचार बाहिर आएको छ ।

समाचार अनुसार बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।

उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो ।

उनीहरुको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्