‘प्रदेश २ सरकार विकासमा केन्द्रित छ’



जनकपुरधाम : प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश नंं २ लाई समृद्ध तथा शिक्षित प्रदेश बनाउने बताएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले प्रदेश सरकारले कानुन निर्माणलाई तीव्रता दिएको बताए ।

‘प्रदेश सञ्चालनका लागि कानुनको आवश्यकता रहेकाले प्रदेश सरकारले चाहिने जति कानुनको निर्माणमा सक्रिय भएको छ,’ उनले भने, ‘ कानुन बनाउने काम सकिएपछि प्रदेश विकासको बाटोमा अघि बढ्छ ।’

मधेसका जनतालाई भर्‍याङ बनाएर सत्ता तथा सरकारमा पुगेका मधेसकै नेता ईमान्दार नहुँदा प्रदेश दुई अहिलेसम्म पिछडिएको उनको भनाइ थियो । 

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री योगेन्द्र राय यादवले गौरवशाली इतिहास बोकेको मिथिला, जनक तथा जानकीलाई राजनीतिसँग जोडेर व्याख्या नगर्न आग्रह गरे । 

संघीय समाजवादी फोरम नेपालको वडा स्तरीय अधिवेशनले विमरोश कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय युवा कमिटी गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्