सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आहृवान



कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आहृवान गरिएको छ । आउँदो माघ ३ गतेका लागि बैठक आह्वान गरिएको हो । असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भए पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन आहृवानमा अन्याैलता देखिएको थियो । 

प्रदेश सभामुख अर्जुनबहादुर थापाले सभामा छलफलका लागि केही विधेयक दर्ता भएकाले माघ ३ गते बैठक आहृवान गरिएको जानकारी दिए । 

माघ ३ गते हिउँदे अधिवेशन आहृवान गरिए पनि बैठकले धेरै दिन निरन्तरता नपाउने देखिएको छ । सभामा हालसम्म दुई वटा विधेयक मात्रै छलफलको लागि दर्ता भएकाले बैठक केही दिनमै सकिने भएको हो । 

हालसम्म प्रदेश सभामा प्रदेशस्थित सहकारी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सभा सविचवालय सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक मात्रै दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्