आयोजक सुदूरपश्चिम ११ उद्घाटन खेलबाटै बाहिरियो



कैलाली : काकडभिट्टा ट्रेनिङ सेन्टरले तेस्रोसुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गरेको छ । निधारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा पुगेको खेलमा काक्करभीट्टाले ७–६ को जित निकालेको हो । 

निर्धारित समयमा दुवै टोलीले केहि मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् ।

काकडभिट्टाका गोलकिपर दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरे । खेलको म्यान अफ द म्याच पनि कार्की नै भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

विजेता टोली काकडभिट्टाले पुष २८ गते एपीएफ क्लवको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा नेपाल पुलिस क्लब र मोरङ ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्