गण्डकी प्रदेशमा मन्त्रीको भन्दा पिएको भ्रमणभत्ता दोब्बर



पोखरा : गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए)ले दोब्बर भ्रमणभत्ता बुझेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकासमन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण भत्ता बुझ्दा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमणभत्ता बुझेका छन् । पोखराबाट गृहजिल्ला लमजुङ र अन्य जिल्लाको भ्रमणभत्ताबापत यो रकम बुझेका हुन् । 

आर्थिक मामिलामन्त्री किरण गुरुङले ९६ हजार आठ सय, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले ७४ हजार, उद्योगमन्त्री विकास लम्सालले ५४ हजार र कृषिमन्त्री लेखबहादुर थापाले ४८ हजार भ्रमणभत्ता बुझेका छन् ।मन्त्रीहरूले निजी काममा जिल्ला जाँदासमेत भ्रमणभत्ता लिने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्