ए डिभिजन लिग फुटबल : जावलाखेललाई पराजित गर्दै मछिन्द्रको जित



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लबले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेललाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले जित हात पारेको हो।

मछिन्द्रलाई जित दिलाउन विशाल राईले खेलको ३१ औं मिनेटमा गोल गरे। जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ भने जावलाखेलको ६ खेलमा ९ नाका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्