पुलिसलाई पराजित गर्दै एपिएफ फाइनलमा



काठमाडौं : नेपाल एपिएफ क्लब होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोंगाबु बालाजु बसपार्क नजिकको कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो।

एपिएफले पुलिसलाई २५–१४,२५–१८,२५–१७ ले हराउँदै फाइनल पुगेको हो । न्यु डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग एपिएफले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्