पाँच उद्योग निजी क्षेत्रलाई दिइँदै



काठमाडौं : बन्द रहेका पाँचवटा औद्योगिक संस्थान निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सरकारले तयारी थालेको छ । भौतिक सम्पत्ति सरकारकै हुने गरी निजी क्षेत्रलाई 'लिज'मा दिन अर्थ मन्त्रालयले सहमति दिएको छ । 

सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग निजी क्षेत्रलाई दिन लागको हो । अर्थ मन्त्रालयले हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको स्रोतले जानकारी दियो । 

उद्योग वाणिज्य तथा आपूर्तिम मन्त्रालयमा अहिले कस्तो कार्यविधि बनाएर सञ्चालपन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ।  

मन्त्रालयका सहसचिव दिनेश भट्टराईका अनुसार रुग्ण उद्योग सञ्चालनका लागि सरकारले लामो तयारी गरिरहेको छ । त्यसका लागि निजी क्षेत्र नै उत्तम भेटिएकाले त्यसमा सरकारले तयारी थालेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्