उपाधिका लागि न्यू डायमण्ड र एपिएफ भिड्ने



काठमाडौं : होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजभएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आयोजक न्यू डायमण्ड क्लब उपाधि नजिक पुगेको हो । गोंगबु बालाजु बसपार्क नजिकको ढोरपाटन क्लबको कार्टमा शनिबार आर्मीलाई २५–१७,२५–१६ र २५–११ ले हराउँदै न्यू डायमण्ड फाइनलमा पुगेको हो ।

एपिएफ र न्यू डायमण्डबीचको फाइनल खेल आइतबार दिउँसो १ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । फाइनलअघि ११ः३० बजे पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्