आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु



जाजरकोट : जिल्लाको नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैँलाई कन्चटमा गोली हान्दा आज (आइतबार) बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्