प्रचण्डको गृहजिल्ला पठाउने एसपी नपाउँदा आईजीपीलाई तनाव



काठमाडौं : नेपाल प्रहरीले गत ४ पुसमा गरेको प्रहरी उपरीक्षक(एसपी) सरुवाको अरु सबै कार्यान्वयन भएपनि चितवन जिल्लामा सरुवा भएकी एसपी गंगा पन्त अहिलेसम्म हाजिर भएकी छैनन् ।

तत्कालीन एसपी दानबहादुर मल्लले अटेर गर्दा १२ घण्टे ताकेतापछि चितवनबाट सरुवा हुदै अन्तर्राष्ट्रिय बिमानस्थलमा हाजिर भएका छन् । प्रहरी अधिकारी भएर पनि नपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का विषयमा जथाभावी फेसबुकमा लेखेकी पन्त अहिले सरुवा भएको जिल्ला चितवनमा जान नसकेर तनाबमा छन् । यसै कारणले प्रचण्डको गृहजिल्ला चितवन, जिल्ला प्रहरी कार्यालय चितवन नेतृत्व विहिन बन्न पुगेको छ । यो विषयले प्रहरी मुख्यालयमा तरंग ल्याएको छ ।

यो विषय प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका लागि समेत टाउको दुखाईको विषय बनेको छ ।

तीन सातासम्म चितवन जाने अर्काे एसपीको अझै तय हुन सकेको छैन । सरुवा भएकी एसपी पन्त बिबादमा तानिएपछि अर्को एसपीको खोजी शुरु भएको छ । अहिले एसपी कृष्ण पंगेनी चितवन प्रहरी प्रमुख बनेर जान विभिन्न शक्तिकेन्द्रहरुमा धाईरहेका छन् । पंगेनी लामो समय नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वाकीय सचिव बनेर काम गरेका व्यक्ति हुन् ।

आफूलाई कांग्रेसी कार्यकर्ताकै हैसियतमा चिनाउने पंगेनी कांग्रेसी सरकारका पालामा धेरै अवसर पाउने प्रहरी अधिकृतमध्ये गनिन्छन् । अहिले नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनमा प्रहरी प्रमुख भएर जान प्रचण्डनिकटहरुलाई प्रभावमा पार्न थालेका छन् । त्यस्तै पैसा खु्वाएर एसपी बनेको आरोप लागेका नवराज अधिकारी पनि चितवन प्रहरी प्रमुख बन्न दौडधूप गरेका छन् । संगठनभित्र राम्रो छवी नभएको भनेर परिचित एसपी अधिकारीले प्रचण्ड बुहारी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरमार्फत दबाब दिएको प्रहरी मुख्यालय श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्