‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारलाई पराजित गर्दै फ्रेन्ड्सको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लब जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले १–० गोल अन्तरले जित हात पारेको हो।

खेलको १३ औं मिनेटमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए। फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्