न्यु डायमण्ड भलिबल : आर्मीलाई हराउँदै पुलिस तेस्रो



काठमाडौं : तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।

आर्मीविरुद्ध पुलिसले २५–२२, २५–९ र २५–१२ को सेटमा जित निकालेकको हो। तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्