क-कसलाई बाँडियो त्रिविको १२ सय रोपनी जग्गा ?



काठमाडौं : २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग तीन हजार सात सय तीन रोपनी नौ आना दुई पैसा चार दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार पाँचसय  रोपनी मात्र बाँकी छ ।  

पद जोगाउने ध्याउन्नमा उनीहरूले शैक्षिक प्रयोजनले संकलित जग्गा अर्कैलाई मनोमानी बाँडेका छन् । झण्डै एक हजार दुई सय रोपनी विभिन्न संस्थालाई बाँडिएको छ भने नौ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ । 

करिब दुई सय रोपनीमा सार्वजनिक बाटो बनेको छ । ‘विश्वविद्यालयको जग्गा चारैतिरबाट लुटिरहेका छन्’ एक कर्मचारीले भने, ‘कसले बचाइदेला भनेर गुहारिरहेका छौँ ।’ 

जग्गा बाँडेको त्रिवि स्वयंले स्वीकारेको छ । पछिल्लो सबभन्दा धेरै जग्गा बाँड्नेमा तत्कालीन उपकुलपति हिराबहादुर महर्जन छन् । 

गणतन्त्र स्मारक, नेपाल नेत्रज्योति संघ र लायन्स क्लबलाई जग्गा दिएको स्वीकार गरे । उपकुलपति तीर्थराज खनियाँले भने विश्वविद्यालयको जग्गा भोगचलन गर्न दिने निर्णय आफूभन्दा पहिलेकाले गरेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्