पशुपतिनाथको शैलीमा अकलादेवी मन्दिर पुनःनिर्माण


तनहुँ : पशुपतिनाथ मन्दिरको शैलीमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरको पुनःनिर्माण गरिएको छ । गत जेठ १८ गतेदेखि शुरु भएको मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

समितिको आन्तरिक कोषबाट रु ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए। तीनतले मन्दिरमा बुधबारदेखि तामाको छानो छाउन शुरु गरिएको छ । घिमिरेका अनुसार तामाको छानो छाउनका लागि मात्रै रु १२ लाख लाग्नेछ ।

दश दिनभित्र छानो छाएर सकिने र त्यसपछि मन्दिरमा गजूर प्रतिस्थापन ढोका÷झ्यालमा टुँडाल एकैसाथ राख्ने योजना बनाइएको छ । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजनाबमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले बताए।

मन्दिर पुनःनिर्माणका लागि समितिले केही समयअघि आयोजना गरिएको महायज्ञमा करीब रु एक करोड सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटी गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ ।

डिपीआर अनुसारको सबै संरचना निर्माणका लागि तीन वर्ष समयावधि लाग्ने अनुमान गरिएको छ । “मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौं, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपीआरसमेत तयार भएको छ,” मगरले भने, “डिपीआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।”

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ४० लाख र म्याग्दे गाउँपालिकाको रु आठ लाखको सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान