अवैध उत्खनन् विरुद्धका अभियन्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन



जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाका–५ का अवैध उत्खनन विरुद्धका अभियन्ता दिलीप कुमार महतोको हत्यामा संलग्न रहेका दोषीहरुलाई कारवाहीको माग गर्दै ढल्केवरमा विरोध प्रदर्शन गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश २ को आयोजनामा विरोध प्रदर्शन गरिएको हो । शुक्रवार बिहान ५ बजे औरही खोलामा हत्या गरिएका २४ बर्षिय दिलीपको हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै र्‍याली निकालिएको हो ।

ढल्केवरचोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै ढल्केवर चोकस्थित शहिद स्मार्क पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले मृतक दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने,हत्यारालाई जन्मकयद दिनुपर्ने,दिलीपलाई पर्यावरणीय शहिद घोषण गर्नुपर्ने लगायतका माग गरेका थिए ।

र्‍यालीमा स्थानीय युवा,विद्यार्थी,नागरिक समाजलगायतका व्यक्तिहरु उल्लेख्य संख्यामा सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्