मृतक तथा घाइते कामदारका नाममा कुवेतबाट करिब ९ करोड प्राप्त



काठमाडाैं : वैदेशिक रोजगारका लागि कुवेत गएर घाइते तथा मृत्यु भएका नेपाली कामदारको नाममा कुवेतबाट ९ करोड रुपैयाँभन्दा बढी रकम नेपालमा आएको छ । कुवेतस्थित नेपाली दूतावासको प्रयासपछि सन् २०१८ मा घाइते तथा मृत्यु भएका कामदारको क्षतिपूर्तिबापतको बिमा, बाँकी तलब, सेवापश्चात् सुविधा, रोजगारदाता कम्पनीबाट प्राप्त हुने सहयोगलगायतका नाममा उक्त रकम नेपाल आएको हो ।

कुवेतस्थित नेपाली दूतावासले प्राप्त गरेको २ लाख ४८ हजार ८ सय ३३ कुवेती दिनार (सोमबारको विनिमय दरअनुसार ९ करोड १३ लाख रुपैयाँ) सम्बन्धित कामदारका कानुनी हकदारवालालाई उपलब्ध गराउने गरी परराष्ट्र मन्त्रालयका नाममा पठाएको हो । ५४ जना कामदारको नाममा रकम पठाइएको दूतावासले उल्लेख गरेको छ ।

सन् २०१८ मा कुवेतमा ३६ जना पुरुष र १२ जना महिला गरी ४८ जना नेपाली कामदारको मृत्यु भएको थियो । उनीहरू सबैको शव आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइसकिएको बताइएको छ । गत वर्ष कुवेतका विभिन्न कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन भएको छ । १८ जनाको भने सजाय माफी भई नेपाल फर्किएका छन् ।

दूतावासले सन् २०१८ मा कुवेतमा गम्भीर समस्यामा परेका कम्पनी क्षेत्रका १ सय ३२ जना कामदार र ४ सय ४५ जना घरेलु कामदारलाई उद्धार गरी राहत एवं अन्य सहयोग उपलब्ध गराएर स्वदेश फर्काएको जनाएको छ । कुवेत सरकारले २२ अप्रिल २०१८ सम्म विदेशी कामदारालई आममाफी दिने घोषणा गरेको थियो ।

कुवेतबाट कसको नाममा कति रकम आयो ? 

-झरेन्द्रप्रसाद आचार्य, झापा ६३१९६००

-विकास भुजेल, लमजुङ ४८७०७००

-खड्गकुमार राई, ओखलढुंगा ७४१०२००

-देवेन्द्र पाण्डे, सुनसरी ३०१९५००

-निशान थापामगर, ओखलढुंगा ३०३५०००

-गंगाप्रसाद योङहाङ, पाँचथर ६३८१८००

-गजेन्द्रकुमार विक, संखुवासभा ३०३३९००

-कुमार पौडेल, झापा ३५८७३२६

-लेखबहादुर थाडा, पाल्पा ६०४०२२६

-हीरा सुनार, सुर्खेत ३०४३०७०

-करुणा कार्की बर्तौला, मकवानपुर ९१४३००

-बेगम गुरुङ, ताप्लेजुङ ७५४३५२

-राजेशकुमार सर्वरिया, धनुषा ३००८०२०

-बन्धुराम थारू, नवलपरासी २९९५०००

-केहरसिंह राना, पाल्पाल १८१३७३३०

-देउमान तामाङ, पाँचथर ९१९२००

-विनोद मुखिया बिन, धनुषा ९७७३०००

-तिलकबहादुर खड्का, झापा ७२०२७८६

-अजयकुमार यादव, सिराहा ८३३५०

-साइलीमाया रुम्बा, बारा १५१३६५

-मोहनप्रसाद रेग्मी, स्याङ्जा ७३८३७

-वासु खाती, इलाम ५५३३६

-देउमान तामाङ, पाँचथर २६०१७३

-नवराज राई, खोटाङ १३९४८२

-दिलबहादुर पुलामी, धनकुटा ५५०९५

-शीतल राई, झापा ५५०९५

-खिमबहादुर भुजेल, स्याङ्जा ५५०९५

-उर्मिला विश्वकर्मा, सिन्धुली ५५०९५

-यज्ञप्रसाद बजगाई, झापा ५५०९५

-बुद्धिमाया गोले, सर्लाही ५७३९०

-सञ्जय राउत वेल्दार, धनुषा १४८३०४

-सिकन्दर मण्डल, महोत्तरी १०५४५०

 -नरेश बैठा, सर्लाही १९७८५३

-चन्द्रबहादुर ओली, सल्यान ८४११५

-अम्बिका विक, मोरङ ५४८५८

-दानबहादुर पौडेल, गुल्मी १४९९७४

-खुमबहादुर गुरुङ, तनहुँ ३४७२७०

-राजेन्द्र दमाईं, बारा ५४६६८

-सरज अन्सारी, सुनसरी ११९१६८

-नीरबहादुर राई, खोटाङ ५४६६८

-रिया तामाङ आङदाम्बे, झापा ५४६६८

-गुणबहादुर सुनुवार, सर्लाही ५४६६८

-दीपकबहादुर दर्जी, स्याङ्जा ८१२४३

-टुकबहादुर रायमाझी, रुपन्देही १८९९२०

-राजु किसन, म्याग्दी ५४६६८

-कृष्णकुमार सिंह, सिराहा ४६९६०३

-पञ्चलाल कपरी, धनुषा २२३३०५

-पासाङ दोर्जी शेर्पा, खोटाङ ८९२२८

-पेसलमाया राई, सुनसरी ५४६६८

-फूलमाया विक, मोरङ ५४६६८

-श्रीनारायण दास तत्मा, धनुषा ५४६६८

-दिलमाया राई, सुनसरी ९१११४

-हरिबहादुर क्षेत्री, कास्की  ६१२२८

-शान्ति विश्वकर्मा ५४६६९

आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्