बौद्धमा गुण्डा नाइके लामामाथि गोली प्रहार



काठमाडौं : काठमाडौंको बौद्धमा गुण्डा नाइके विष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । आइतबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले गुण्डा नाइके लामामाथि गोली प्रहार गरेको हो ।

प्रहरीको गोली लागेर घाइते लामालाई नियन्त्रणमा लिनको लागि गोली चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

जोरपाटी आसपासको क्षेत्रलाई आधार बताएर चन्दा, धाक–धम्की जस्ता अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका लामाको घुँडामूनी गोली लागेको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्