अमेरिकामा हुने तेक्वान्दो प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी


काठमाडाैं : अमेरिकाको मिचिगनमा आउँदो मे महिनाको १ र २ मा अन्तरराष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । अमेरिकाको पोर्टल्याण्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजना र नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक लभ गोर्खालीले मिचिगनमा चलाइरहनुभएको ज्योति एभरेष्ट तेक्वान्दो डोजाङको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिताको १३औँ संस्करण हो । आइओएफटिसीले प्रत्येक दुई वर्षको फरकमा अन्तरराष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । संस्थाले एकपटक अमेरिकाभित्रका राज्यमा र अर्कोपटक अमेरिका बाहिरका देशमा प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका संस्थापक निर्देशक नेपालका पूर्वतेक्वान्दो प्रशिक्षक दिवाकर महर्जनले बताए ।

संस्थाले अमेरिकाको पोर्टल्याण्ड राज्यमा पाँच, नेपालमा चार तथा भारत, बेलायत र हङकङमा एक÷एकपटक प्रतियोगिता आयोजना गरिसकेको छ । मिचिगनमा हुन लागेको १३औँ संस्करणमा नेपाल, अमेरिका, फिलिपिन्स, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ देशका खेलाडीले भाग लिने प्रतियोगिताका संयोजक लभ गोर्खालीले जानकारी दिए । पुरुषतर्फ सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट र यसैगरी महिलातर्फ पनि सिनियर र जुनियर विभिन्न तौल समूह तथा इभेन्ट गरी ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने संयोजक गोर्खालीले बताए ।

नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीसमेत छनोट गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार गत कात्तिक १ र २ मा चितवनको रत्ननगरमा भएको तेस्रो खुला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका पाँच खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेका सीतापाइला डोजाङका शैलेशराज गिरी, कोटेश्वर डोजाङका रञ्जीत साउद, मैत्री डोजाङका दिनेश सुनार, सीतापाइला डोजाङकी आयशा तामाङ र कोटेश्वर डोजाङकी सुस्मिता मोक्तान रहेका छन् । छनोट भएका खेलाडीलाई जनही रु एक/एक लाख पुरस्कारसमेत दिइएको संयोजक गोर्खालीले बताउनुभयो । झण्डै रु एक करोड २० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको १३औँ संस्करण गर्न १०५ सदस्यीय मूल आयोजक समिति बनाइएको आइओएफटिसीका संस्थापक निर्देशक दिवाकर महर्जनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो