फेरि भूकम्पको धक्का, स्थानीय त्रसित



बाजुरा : फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार साँझ बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टरको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बेलुका ८ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भूकम्पको केन्द्रविन्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भूकम्पको धक्का महशुस भएको जनाइएको छ ।

भूकम्पको धक्कापछि स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्