बहिनी बलात्कारका आरोपी कारागार चलान



ताप्लेजुङ : आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश थिएको प्रहरीले जनाएको छ । 

 

ङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ती गरेका थिए । दिदीले प्रहरी कार्यालयमा उजुरी दिएपछि  कारवाही अघि बढाएको प्रहरीले जनाएको अन्नपुर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्