मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता


पोखरा : मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब (तनहुँ) त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा) आर्दश क्लब (कास्की) गैँडाकोट खेलकूद (नवलपुर), डाँफे युवा क्लब (मनाङ) सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।

उनका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कूल रु एक करोड एक लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले रु ४० लाख नगद सहयोग गर्ने जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा