सबै स्थानीय तहमा बैंकिङ सेवा



फिदिम : पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । 

 

सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए ।  

 

“योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उनले भने, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।” गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । “सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,” उनले भने ।

 

स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ । 

 

फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ । 

 

तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग