ढाका पोशाक : महिलाको रोजाइमा


चिप्लेढुङ्गा : स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ । शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यवसायी मणिराज भट्टराईले बताए । “पाल्पाली ढाकाको टोपी, चोलोले पहिरनका रुपमा प्रसिद्धि पाउँदै आएकामा पछिल्लो समय भने ढाकाको सल र साडी बढी बिक्री हुन थालेको छ,” उनले भने ।

उनले लेखनाथ र पोखरामा राखिएको प्रदर्शनी कक्षमा महिलाले ढाका पोसाक बढी मन पराएको बताउनुभयो । अर्का व्यवसायी लक्ष्मी भट्टराईले विशेषगरी महिलाले साडी, सल, चोलोको कपडा र झोलाहरु मन पराएको बताए । “जाडोमा न्यानो पनि हुने र राष्ट्रिय पहिचान बोकेको पोसाक भएकाले पनि महिलाको रोजाइमा पर्दै गएको छ”, उनले भने ।

ढाकाको २५० देखि १५ हजार रुपैयासम्मका पोसाकहरु बिक्री कक्षमा राखिएको उनले जानकारी दिए । “पहिलोपल्ट मेलाबाट यो व्यापारको शुरु गरेकी हुँ, धेरैले मन पराउनुभयो अब पोखरामा यसको बिक्री कक्ष राखेर विस्तार गर्ने सोच राखेकी छु ।”

विगत १८ वर्षदेखि पाल्पाली ढाका उत्पादन गर्दै आउनुभएका मिलन भट्टराईले अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भएका मेला महोत्सवमा २० वटा कक्षमा ढाकाका पोसाकको व्यापार गरेको बताए । हाल पाल्पाको अर्गली र काठमाडौँमा गरी दुई ठाउँमा उद्योग सञ्चालन गर्दै आएको र उद्योगमा १२० भन्दा बढी कामदार रहेको उनले जानकारी दिए । “अहिले माग बढी हुन्छ तर उत्पादन कम हुन्छ, गर्मीको समयमा उत्पादन गरेर त्यही कपडा जाडोको समयमा बिक्री गर्ने गर्छौं, जाडोमा तानमा काम गर्न गाह्रो हुने भएकाले उत्पादन कम हुन्छ ”, उनले भन । उनले आफूले सिधै विदेश निर्यात नगरेको तर अन्य व्यवसायीले खरिद गरेर बाहिर निर्यात गर्ने गरेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताए । उनले हरेक नागरिकले स्वदेशी ‘ब्रान्ड’लाई माया गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउन सकिने बताए । अर्का महिला उद्यमी उर्मिला बस्नेतले नेपाल भ्रमण वर्ष २०२० शुरु भएकाले ढाकाका विभिन्न सामग्रीमार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्न सकिने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा