नेकपामा १५ लाख नेता कार्यकर्ताले जिम्मेवारी पाउने



काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेता कार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन्। दुई पार्टी मिलेर नेकपा गठन भएको आठ महिनापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजन तथा तल्लो तहसम्म एकीकरण प्रक्रियालाई पूर्णता दिन बनेको कार्यदलले तीन लाख नेता कार्यकर्ताले संगठनको प्रत्यक्ष जिम्मेबारी पाउने मापदण्ड बनाएको खबर नागरिकमा छ।

 

पुस मसान्तसम्म काम सक्नेगरी कार्यसम्पादन गर्दै आएको कार्यदलले १२ लाख कार्यकर्तालाई अप्रत्यक्ष रुपमा पार्टी काममा खटाउन सक्ने मापदण्ड तय गरेको छ। नेता रामबहादुर थापा नेतृत्वको नौ सदस्यीय कार्यदलले पार्टी अन्तरिम विधानको धारा २९ अनुसार जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर र गाउँ, वडा वा शाखा कमिटी, टोल वा प्रारम्भिक कमिटी तथा पार्टी सेल कमिटी गठन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्