माघे संक्रान्तिको रौनक : बजारमा थरिथरिका कन्दमुल (फोटो फिचर)



काठमाडौं : पुुसको अन्त्य हुँदै गर्दा उपत्यकाको प्रमुख बजारहरुमा माघिको चहलपहल शुरु भएको छ । ठूला–ठूला पसल होस् वा फुटपाथका तरकारी पसल जताततै तरुल, पिडालु, सखरखण्ड, घ्यू–चाकु, तिलका परिकार लगाएत देख्न सक्छौ ।

कन्दमुल खाएर मनाइने माघे सक्रान्तिको पूर्वसन्ध्यामा यि खाद्यान्नको कारोबार बढेको छ । ‘पुसको पाक्य र माघको खाक्य’ भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । पुस मसान्तको दिन उसिनेको तरुल, पिडालु, फर्सि, सखरखण्ड जस्ता परिकार माघे संक्रान्ति अर्थात मकर संक्रान्तिको दिन खाने प्रचलन रहेकोले माघ १ लाई ‘पुसको पाक्य र माघको खाक्य’ भनिएको हो ।

अघिपछि बजारमा फाटफुट रुपमा मात्रै देखिने तरुल लगायत कन्दमुलको व्यापर माघीको अवसरमा व्यापक हुने गर्दछ । तरुल विशेष गरेर उसिनेर खाने गरिन्छ । त्यसबाहेक तरकारी, अचारको रुपमा पनि खाइने गरिन्छ । नेपालमा ४ प्रजातिका तरुल पाइन्छन् । डायसोरियासिया परिवारअन्तर्गत पर्ने यो कन्दमूल सामान्यतः अफ्रिका, एसिया, ल्याटिन अमेरिका तथा ओसिनिया क्षेत्रमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्