भाटभटेनी सुपरमार्केटका मालिक गुरुङसँग सिआईबीले किन लियो बयान ?



काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणसँगै डिपार्टमेन्ट स्टोरमा राजश्व छलीको आरोपमा परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोधपुछ गरेको छ ।

राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा केही व्यवसायीलाई कारबाहीको लागि मुद्दा दायर गरेपछि तनावमा रहेका गुरुङमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत छानबिन शुरु गरेको बताइन्छ ।

अख्तियार र सम्पत्ती शुद्धीकरणले फाइल खोलेपछि भाटभटेनीका मालिक तनावमा

राजश्व अनुसन्धान विभागले भाटभटेनी डिपार्टमेन्ट स्टोरले राजश्व छली गरेको विषयमा अनुसन्धान गरिरहेको बताइन्छ । भने सम्पत्ति शुद्धीकरण विभागले भाटभटेनी सुपर मार्केटको लगानीको श्रोतको खोजी गरिरहेकोे श्रोतको दाबी छ ।

विभागले राजश्व छलीको विषयमा डिपार्टमेन्टल स्टोर सञ्चालकहरुलाई पनि कारबाहीको दायरामा तानेपछि गुरुङ तनावमा देखिएका थिए । यस विषयमा उनले ठाउँ –ठाउँमा कुरा गर्दै हिँडेका थिए ।

उता ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका मुछिएका गुरुङसँग सिआइबीले लगातार दुई दिन सोधपुछ गरेको हो । एसपी बेल पाण्डे नेतृत्वमा गठित सिआइबीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । तर, यसमा जोडिएका सरकारी कर्मचारी बाहेकका व्यक्तिबारे सिआइबलिे पनि अनुसन्धान गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्