प्रल्हाद र शान्ताको ‘कसो कसो माया बस्यो’ रिलीज



काठमाडौं : सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा निर्माण भएको नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ ।

‘कसो कसो माया बस्यो’ बोलको गीतमा प्रल्हाद तिमिल्सिना र शान्ता खत्री कार्कीको स्वर छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

बिशाल निरौलाको एरेञ्ज रहेको सोमबार सार्वजनिक म्युजिक भिडियोलाई रबी कोइरालाले छायाँकन गरेका हुन् ।

भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायलाई फिचर्ड गरिएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतमा हरिश खनालको कोरियोग्राफी र बिष्णु खड्काले सम्पादन रहेको छ ।\

प्रतिक्रिया दिनुहोस्