दश फरार प्रतिवादी पक्राउ


सप्तरी : फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले आज एकै दिन १० पक्राउ गरेको छ । एक वर्षे कार्ययोजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानका रूपमा लिएको प्रहरीले धमाधम पक्राउ गर्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक साताअघि मात्र विभिन्न मुद्दामा फरार १७ प्रतिवादीलाई पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७६/७७ को छ महिनाको अवधिमा ५२ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए ।

बन्दुकसहित दुई पक्राउ

हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले आज भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । वडा नं– १ गोलपारस्थित जङ्गलमा शिकार खेलिरहेका कञ्चनरुप नगरपालिका–१ मलकोर बस्ने ४० वर्षीय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका– १० कमलपुरका ३० वर्षीय रवीन तमाङ पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई एक थान भरुवा बन्दुक, एक मेटासिन बारुद र २५ साइकल बलसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका दुवै जनालाई अवैध हतियारसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल भारदह सुरक्षा वेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक बैधनाथ झाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा