फाइभ-जीको सुरुवात नहुँदै चीन सिक्स-जी अनुसन्धानमा



चीन: विश्व फाइभ–जी मोबाइल सन्जालमा प्रवेश गर्न नपाउदैै चीन सिक्स–जी मोबाइल नेटवर्कको अनुसन्धानमा लागेको छ। फाइभ–जी नेटवर्क यसै वर्षको अप्रिलदेखि विश्वमा प्रवेश गर्नेछ। चीनको जियाङ्सु प्रान्तस्थित साउथइस्ट यूनिभर्सिटिका प्राध्यापक यू सियायू सिक्स–जी अध्ययनका प्रमुख हुन्।

 

फाइभ–जी नेटवर्ककै आधारमा आफूहरु सिक्जी–जीको अध्ययनमा लागेको उनले बताए। फाइभ–जी नेटवर्कभन्दा सिक्स–जी अझ तिव्र गतिको र सुरक्षित हुने यूले जनाएका छन्।अनुसन्धानमा कसरी मोबाइल सन्चारलाई गुणस्तरीय, छरितो र स्मार्ट बनाउन सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ। प्राध्यापक यूले भने,‘सिक्स–जी प्रविधि भित्राउन लामो समय लाग्नेछ।

 

व्यावसायिक प्रयोजनका लागि यस प्रविधि सन् २०३० सम्म भित्रिसक्नेछ। हामीले मात्र नभएर कैयौं कम्पनीले यसको अध्ययन थालेका छन्।’ 

प्रतिक्रिया दिनुहोस्