महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री कोइराला



भद्रपुर : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताए ।

उनले भने, “नेपाली काँग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उनले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाए । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उनले टिप्पणी गरे ।

उनले राष्ट्र र पार्टीका लागि देउवतासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताए ।

महामन्त्री कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा नेपाली काँग्रेसका लाखौंँ सफल कार्यकर्ता रहेका र उनीहरुलाई सही ढङ्गले परिचालन गर्न सक्षम नेतृत्व आवश्यक भएकामा जोड दिए । उनले पार्टीमा आन्तरिक समस्या भएका कारणले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान अनुसारको काम नगरेको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको